नेपाल आईडलको सिजन २ को धनगढी अडिसन युट्युब ट्रेण्डिङमा (भिडियो सहित)

हेटौँडा, २७ साउन । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन २ को दोस्रो भाग युट्युब ट्रेण्डिङको एक नम्बरमा पर्न सफल भएको छ । धनगढीमा भएको दोस्रो अडिसन युट्युब ट्रेण्डिङमा परेको हो ।
भैरहवाबाट सुरु भएको अडिसन देशका ७ ठूला सहरहरु सञ्चालन भएको थियो । धनगढीमा भएको दोस्रो अडिसनको भिडियो यो सामाग्री तयार पार्दासम्म ७ लाख ७० हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १५ हजार लाईक र २ हजार ८ सय कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् भिडियो–