हेटौँडामा भदौ १६ गते मिस्टर एण्ड मिस एम्पेररको अडिसन हुने, म्यूजिक भिडियो र चलचित्रमा अभिनय गर्ने सुनौलो अवसर

२६ श्रावण २०७५, शनिबार १०:१०

–चन्द्र घलान/
हेटौँडा, २६ साउन । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको आयोजनामा हुन गैरहेको ‘मिस्टर एण्ड मिस एम्पेरर’ को अडिसन यही भदौ १६ गते हेटौँडामा हुने भएको छ ।

आज चलचित्र पत्रकार संघ मकवानपुरको समन्वयमा हेटौँडामा भएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट प्रतियोगिताका बारेमा जानकारी दिँदै नायक सलोन बस्नेतले ‘गेटवे टु कलिउड’ को अवधारणा अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए । देशका १० सहरहरुमा हुन गइरहेको अडिसनबाट हरेक सहरमा ३ जना महिला तथा ३ जना पुरुष उत्कृष्ट प्रतियोगी छनौट गरी काठमाडौँमा फाईनल राउण्ड सञ्चालनको तयारी थालिएको बस्नेतले जानकारी दिए ।

हरेक सहरमा अडिसनका लागि कुनै शुल्क नपर्ने र अर्को राउण्डमा छनौट भइसकेपछि भने तालिमका लागि १५ हजार रुपैयाँ शुल्क पर्ने उनले बताए । हरेक सहरमा उत्कृष्ट भएका ३ जना महिला तथा पुरुष प्रतियोगिलाई म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर समेत दिईने भएको छ । त्यस्तै प्रतियोगिताका बिजेतालाई कुनै नगद पुरस्कार नदिईने तर एक चलचित्रमा लिड रोलमा अभिनय गर्ने मौका दिईने बताए । विजेतालाई चलचित्रमा समेत पारिश्रमिक दिएरै अभिनय गराउने बस्नेतले जानकारी दिएका छन् ।

कार्यक्रममा नायक बस्नेत सहित पर्फेक्ट प्लान इन्टरटेन्मेन्टका सिइओ रबिन कँडेल, आमेश भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*