हेटौँडाको ओम्याक्स सिनेमा हल जल्यो, करोडौँको क्षति (भिडियो सहित)

२३ श्रावण २०७५, बुधबार ०८:२२
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, २३ साउन ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ओम्याक्स सिनेमा हल बुधबार बिहान जलेर ध्वस्त भएको छ । बुधबार बिहान करिब ९ बजे सुरु भएको आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको ओम्याक्स हल क्षणभरमै तहसनहस भएको हो । हेटौँडा उपमहानगरपालिकाबाट गएको सानो वारुणयन्त्रमा पानी समेत कम भएपछि आगलागी नियन्त्रणमा आउन अझ समय लागेको थियो । पछि बाराको अम्लेखगञ्जबाट समेत ठूलो वारुण यन्त्र मगाएर आगो निभाइएको थियो । सशस्त्र प्रहरी, नेपाली सेनासहित हेटौंडाका स्थानीय यूवाहरुको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगलागी हुँदा हलको सिट तथा अन्य भौतिक संरचनाहरु जलेर नष्ट भएको छ ।

आगलागीबाट करोडौँको सम्पत्ति नष्ट भएको छ । यकिन विवरण भने आउन बाँकी छ । हलभित्र वाइरिङ गरिरहेको अवस्थामा पर्दामा करेन्ट सर्ट भएर आगलागी भएको खुल्न आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*