चर्चित कलाकार बिकु थोकरले गरे कलेजो रोगीलाई सहयोग

२१ श्रावण २०७५, सोमबार १६:४४

हेटौँडा, २१ साउन । चर्चित कलाकार बिकु थोकरले कलेजो रोगी कर्णबहादुर मोक्तानलाई आर्थिक सहयोग गरेका छन् । काभ्रे जिल्लाको रोशी गाउँपालिका डि.बि. मोक्तान र कलाकार थोकरले कलेजो रोगबाट पिडीतलाई सहयोग गरेका हुन् ।

कलेजो प्रत्यारोपण गर्नुपर्ने बाध्यतामा रहेका मोक्तानलाई सिभिल हस्पिटलमा पुगी थोकर र मोक्तानले ३०–३० हजार गरी जम्मा ६० हजार रुपैयाँ पिडीतलाई नै हस्तान्तरण गरेका हुन् । मोक्तानले आफ्नो एक महिनाको तलब सहयोग गरेका हुन् ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ५ डाँडागाउँ निवासी ३५ वर्षीय पिडीत मोक्तानको उपचारको लागि सहयोग गरिदिन समेत कलाकार थोकरले सबैलाई आग्रह गरेका छन् । नेपाली मुलधारका चलचित्र र टेलिसिरियलहरुमा समेत अभिनय गरेर चर्चा कमाएका थोकर समाज सेवा गर्न समेत अग्रसर छन् । थोकरको अभिनय रहेको ‘रिसानी माफ’ नामक टेलिसिरियल कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदैछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*