नेपाली मुलधारको चलचित्रलाई टक्कर दिँदै आयो तामाङ चलचित्र ‘सेमरीन मुला माया’

२१ श्रावण २०७५, सोमबार १५:५९

–चन्द्र घलान
हेटौँडा, २१ साउन ।
पछिल्लो समय तामाङ भाषामा निर्माण भएका चलचित्र तथा गीत–संगीतले समेत तामाङ समुदाय सहित अन्य समुदायमा समेत चर्चा पाउन थालेको छ । तामाङ चलचित्रले प्रविधिमा मारेको छलाङ र उत्कृष्ट गीत–संगीतका कारण मुलधारकै नेपाली भाषाको चलचित्रलाई समेत टक्कर दिन थालेको छ ।

पछिल्लो समय चर्चामा रहेको तामाङ भाषाको चलचित्र ‘सेमरीन मुला माया’ ले समेत नेपाली मुलधारको चलचित्रसँगै आफुलाई उभ्याउन सफल भएको छ । च्यारिटी शो र प्रिमियर लगायतका विशेष शोहरुमा मात्र उभिएको चलचित्रलाई वितरकले जिम्मा लिएसँगै पुस १३ गते यस चलचित्रलाई अल नेपाल रिलिज गरिने भएको छ । यस सँगै वितरकका तर्फबाट अल नेपाल रिलिज हुने यो पहिलो तामाङ भाषाको चलचित्र बन्ने भएको छ ।

यस अघि सर्लाहीमा प्रिमियर शो गरिएको चलचित्र हेर्न हजारौँ दर्शकको ओईरो लागेको थियो । पहिलो शो सँगै माउथ पब्लिसिटीका कारण थप चर्चामा रहेको चलचित्रलाई अल नेपाल रिलिज पूर्व केही स्थानमा च्यारिटी शो समेत गरिने चलचित्रका नायक तथा निर्देशक हुत्त सञ्जय लामाले बताएका छन् ।

नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।

राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् ।

सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् ।

‘सेमरीन मुला माया’ को ट्रेलर, ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत, ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।
हेर्नुहोस् चलचित्रको ट्रेलर–

यो पनि पढ्नुहोस्–
जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा
तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक
चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत
‘सेमरीन मुला माया’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*