जितु र निमाको ‘घ्याल्मो दोसी’ चर्चित बन्दै, सञ्जय र खुशीको जोडी दर्शकको रोजाईमा

२१ श्रावण २०७५, सोमबार १५:५१

–चन्द्र घलान
हेटौँडा, २१ साउन ।
पहिलो प्रिमियर शो पछि थप चर्चा कमाएको तामाङ कथानक चलचित्र ‘सेमरीन मुला माया’ को ‘घ्याल्मो दोसी मिरी छ्याजी’ बोलको गीत चर्चामा रहेको छ । चर्चित गायक निमा दोङ र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको गीतमा प्रेमिल शब्दहरुको प्रयोग भएका कारण युवा दर्शक–श्रोताले गीतलाई विशेष मन पराएका छन् ।

प्रेमिल जोडीहरुको मन छुने गरी चर्चित गीतहरु लेख्न सफल चर्चित गीतकार कुमार स्याङ्बाको शब्द तथा प्रयाश दोङको संगीत रहेको यस गीतमा नायक हुत्त सञ्जय लामा र नायिका खुशी घिसिङको जोडीले समेत दर्शकले उत्तिकै मन पराएका छन् ।

अजय स्याङ्तानको कोरियोग्राफीमा निर्माण भएको चलचित्रको यस गीतलाई यो सामाग्री तयार पार्दाको समयमा १ लाख ७६ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १ हजार ३ सयभन्दा बढी लाईक र डेढ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रलाई पुस १३ गतेदेखि अल नेपाल रिलिजको तयारी समेत गरिएको छ ।

हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*