सेड्रिना र अनुभवको घम्साघम्सी, कसको डान्स राम्रो ? (भिडियो)

२० श्रावण २०७५, आईतवार १७:२४
Featured Video Play Icon

हेटौँडा, २० साउन । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल ५’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘बालापनको उमेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । चलचित्रमा रोमान्टिक जोडीका रुपमा देखिएका बाल कलाकार सेड्रिना शर्मा र अनुभव रेग्मीको चुलबुले अभिनय ट्रेलरमा हेरिसकेका दर्शकलाई उनीहरुको यो गीतमा प्रस्तुत नृत्यले समेत प्रभाव पार्न सक्छ ।

चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका यी दुई बाल कलाकारलाई जिस्काएर जोडी भन्नेसंग सेड्रिना ठुस्किने समेत गरेकी छन् । ‘दिदीभाई’ भनेर लजाउँदै चिनाउने यो जोडीले यो गीतमा मज्जाको डान्स् समेत गरेका छन् । यी दुईको डान्स हेरेर सेड्रिना र अनुभवको डान्समध्ये कसको राम्रो भन्ने बाजी समेत पर्ने गरेको छ ।

तपाईलाई चाहिँ कसको डान्स बढी मन पर्यो ? कमेन्ट गर्नुहोस् है । हेरौँ सेड्रिना र अनुभव मध्ये कसको पक्षमा बढी कमेन्ट आउँछ ?
तपाईको विचारमा को भन्दा को दामी डान्स गर्छन् ? अनुभव वा सेड्रिना ? कमेन्ट गर्न नभुल्नु होला । साथै भिडियोलाई लाईक र च्यानललाई सब्स्क्राईब गरेर सहयोग गरिदिनुहोला ।
हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*