कतार, युएई र अष्ट्रेलियाका प्रवासी नेपालीलाई खुशीको खबर, ‘पञ्चायत’ अब प्रवासमा

१९ श्रावण २०७५, शनिबार १६:४९

हेटौँडा, १९ साउन । चलचित्र समिक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘पञ्चायत’ लाई अब कतार, युएई र अष्ट्रेलियामा बस्ने प्रवासी नेपालीहरुले समेत हेर्न पाउने भएका छन् । नायिका नीता ढुंगाना अभिनित चलचित्र कतार सहित अष्ट्रेलिया र युएईको विभिन्न शहरमा प्रदर्शन हुने भएको हो ।

मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा अगस्ट ३ तारिखमा कतार स्थित एसियन टाउन फिल्म हलमा चलचित्र प्रदर्शन भइसकेको छ । । उक्त शो बाट उठेको रकम मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने निर्माता सुसान्त कुमार श्रेष्ठले बताएका छन् ।

त्यस्तै अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा ‘पंचायत’ को प्रदर्शन हुँदैछ । त्यस्तै चेपाङ बालबालिकाहरुको सहयोगार्थ युएईको विभिन्न शहरमा पनि ‘पंचायत’ प्रदर्शन हुने भएको छ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अल एन, दुबई र अबुधावीमा फिल्मको बिशेष प्रदर्शन हुँदैछ । युएईको प्रदर्शनबाट उठेको रकम चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने बताइएको छ ।

शिवम अधिकारी निर्देशित चलचित्र यसअघि नै नेपाल, अमेरिका, जापान लगायतका ठाउँमा प्रदर्शन भैसकेको छ । चलचित्रमा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*