‘मिस्टर भर्जिन’ को ट्रेलर ‘प्यारोडी’ प्रतियोगिता सुरु, उत्कृष्टलाई नगद पुरस्कार

१९ श्रावण २०७५, शनिबार १६:०८

हेटौँडा, १९ साउन । सर्ट मूभि बनाउने र गीतको कभर भिडियो बनाउने रहर जागेर युट्युब तथा मनोरञ्जन दुनियाँमा प्रवेश गरेकाहरुका लागि नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ ले नगद पुरस्कार जित्ने सजिलो तरिका लिएर आएको छ ।

भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’ को यूनिटले चलचित्रको प्रोमोसनको लागि भन्दै चलचित्रको सार्वजनिक भएको ट्रेलरको प्यारोडी निर्माण गर्ने प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाएर ईमेल आईडी info.tridentconcept@gmail.com मा पठाउनुपर्ने चलचित्र यूनिटले बताएको छ ।

साउन ३० गतेसम्म उक्त इमेलमा पठाइएका प्यारोडीहरुमध्ये उत्कृष्ट ३ वटा प्यारोडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार जित्नेछन् ।
सेक्स कमेडीमा थिममा बनेको ‘मिस्टर भर्जिन’ लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*