‘कायरा’ को पहिलो दिनको कमाई ३४ लाख

१९ श्रावण २०७५, शनिबार १३:१४
Featured Video Play Icon

मकवानपुर, १९ साउन । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कायरा’ ले पहिलो दिन ३४ लाख ६५ हजार ५ सय ९४ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मूख्य भूमिका रहेको चलचित्रले मोफसल र राजधानीमा गरी उक्त कमाई गर्न सफल भएको हो ।

लक्ष्मण रिजाल निर्देशित चलचित्र देशभरका करिब ८० हलहरुमा एकसाथ रिलिज भएको थियो । चलचित्रले मोफसल तर्फ १४ लाख ९६ हजार ७ सय ३२ रुपैयाँ र राजधानी तर्फ १९ लाख ६८ हजार ८ सय ६२ रुपैयाँ कलेक्सन गरेको हो ।

नायक सिग्देलकै कथा तथा निर्माण रहेको चलचित्रमा कोसिस क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । चलचित्रमा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*