नायिका प्रियंका कार्कीले विवाह हुनु अघि नै सोचिन् छोरीको नाम

१४ श्रावण २०७५, सोमबार ०४:३१
Featured Video Play Icon

मकवानपुर, १४ साउन । ‘कथा काठमाण्डुको’ चलचित्रमा समावेश एक गीतमा अन्तरङ्ग दृश्य दिएपछि थप चर्चा र आलोचना समेत खेपिरहेकी चर्चित कलिउड नायिका प्रियंका कार्कीले विवाहपूर्व नै आफ्नी छोरीको नाम सोचेकी छिन् ।

फेसन कन्सियसमा हेक्का राख्ने उनले फेसन ट्रेन्ड अनुसारको ड्रेसप चेञ्ज गर्न र सोही अनुसारको जीवनशैली अपनाउन थालेको लामो समयसमेत भईसकेको छ । फेसनकै ?पमा पछिल्लो समय चर्चामा रहेको ट्याटु खोप्ने ट्रेण्डलाई समेत उनले अपनाइसकेकी छिन् । यसै सिलसिलामा उनले यहि ट्रेण्डलाई फलो गर्दै आफ्नो घाँटीमा हुनेवाला छोरीको नाम ‘आयंका’ लेखिएको ट्याटु खोपाएकी छिन् ।

यसअघि नै आफ्नो शरीरको पछिल्लो भागमा एक ट्याटु खोपेर चर्चामा आएकी उनले हुनेवाला पति आयुश्मान देशराजको ‘आ’ र आफ्नो नामबाट ‘यंका’ जोडेर ‘आयंका’ नाम जुराएकी हुन् । हाल अमेरिकामा रहेकी उनले केही समय अगाडी मात्र नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*