एकपटक घुम्नै पर्ने दुबईको आबुधावी (हेर्नुहोस् भिडियो)

१२ श्रावण २०७५, शनिबार १७:३२
Featured Video Play Icon

दुबई, १२ साउन । वास्तविक अर्थमा मरुभूमिले भरिएको दुबई सपनाको त्यो संसार हो जहाँ मरुभूमिमा समेत संसारलाई आकर्षण गर्ने शक्ति छ । आकाश छुने मानवनिर्मित संरचनाहरु, उजाड तातो मरुभूमि, खजुर (छोकडा) का बोटहरु अनि गहिरा नीला समुद्रका साथमा संयुक्त अरबका ७ इमिरेट्समध्येको एक इमिरेट ‘दुबर्इं’ मा त्यस्ता धेरै ठाउँहरु छन् जहाँ हरेक पर्यटकको एकपटक पुग्ने चाहाना हुन्छ ।

अरेबियन मरुभूमिभित्र भएको दुबईमा एउटा विशाल समुद्र दक्षिणी दुबईमा फैलिएको छ । दक्षिणमा युएईको राजधानी अबुधावी छ । पूर्वमा शारजहाँ र दक्षिण पूर्वमा रस अल खेमा हुँदै ओमानको सिमाना । कुल क्षेत्रफलको १३ प्रतिशत मात्र जमिन दुबईमा छ । यहाँका मुलबासी अरबी भएपनि भारतीय, पाकिस्तानी, फिलिपिनी र नेपाली जनको यहाँ बाक्लो उपस्थिति छ । बर दुबईमा नेपालीहरूले एउटा चोकको नामाकरण नै ‘नेपाली चोक’ भनेर गरेका छन् ।

दुबईमा संसारको सबैभन्दा अग्लो मानवनिर्मित संरचना ‘बुर्ज खलिफा’ रहेको छ जहाँ १६४ तला रहेका छन् । ८२८.८४ मिटर अग्लो यो भव्य भवनमा १२५ तलासम्म आउजाउ गर्न मिल्छ । त्यस्तै दुबईको ईतिहास प्रतिबिम्बित गर्ने ‘अल फहिदी’ संग्रहालय र संसारको सबैभन्दा ठूलो सपिङ मल ‘दुबई मल’ रहेको छ । यो मलभित्र ज्वेलरीका ३ सयवटा पसलका साथै अन्य ब्राण्डेड स्वरुमहरु छन् ।

संसारको सबैभन्दा ठूलो एक्वेरियम, डान्सिङ फाउन्टेन, पाम जुमेराह, मिरेकल गार्डेन, दुबई मरिना, विश्वकै पहिलो सेभेन स्टार होटल ‘बुर्ज अल अरब’ जुमेराह बिच, क्रिक पार्क, बर दुबईमा रहेको क्रिकसाइड पार्क, शेख जायद रोडस्थित पार्क, वाइल्ड बडी वाटर पार्क, जबिल पार्क, अल मुम्जार बिच पार्क, वन्डरल्यान्ड पार्क, शेख जायद मस्जिद, फेर्रारी वल्र्ड लगायतका चर्चित स्थानहरु दुबईको शान हो । हेर्नुहोस् दुबई सिटी, मस्जिद र फेर्रारी वल्र्डको भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*