मिलनको मोहनी मन्त्रमा मेलिना राईको आवाज मिसिएपछि तहल्का मच्चियो

१० श्रावण २०७५, बिहीबार १६:५६

–चन्द्र घलान
मकवानपुर, १० साउन । चर्चित गीतकार तथा कलाकार मिलन पाख्रिनको ‘मोहनी मन्त्र’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै उनको चर्चा थप चुलिएको छ ।

पाख्रिनको शब्द तथा प्रस्तुतीमा बनेको ‘मोहनी मन्त्र’ मा चर्चित गायिका मेलिना राईले सुमधुर आवाज दिएकी छिन् । गायक तथा संगीतकार जोगलाल लामाको संगीत संयोजनमा बनेको गीतको म्यूजिक भिडियोमा निरञ्जली लामा र प्रकाश घिसिङको रोमान्टिक अभिनय छ । साथै बालकलाकार इन्सा पाख्रिन र ओसिना लामाको अभिनयलाई समेत भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन गरेका अमिर दोङ भिडियोमा गेष्ट रोलमा देखिएका छन् ।

म्यूजिक भिडियोमा बिक्रम लामा मोक्तानले गोकर्ण क्षेत्रको मनोरम दृश्य क्यामेरामा कैद गरेका छन् । म्यूजिक भिडियोकी मूख्य नायिका निरञ्जलीसँग एकोहोरो प्रेम गर्ने प्रकाशले अन्तमा निरञ्जलीको रोजाईलाई आत्मासाथ गर्दै उनीहरुलाई बधाई दिएको दृश्य समावेश गरिएको छ । म्यूजिक भिडियोलाई डम्फु मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यो सामाग्री तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई २५ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा करिब ६ सय लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*