‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई अहिलेसम्मकै सर्वाधिक भ्यूज

हेटौँडा, ०२ बैशाख । यही साउन ५ गते शनिबार दिउँसो १ बजे काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रिमियर शो गर्न लागिएको तामाङ चलचित्र ‘घ्रान’ (कसम) को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई तामाङ चलचित्रका गीतहरुमध्ये छोटो समयमा नै अहिलेसम्मकै सर्वाधिक भ्यूज प्राप्त भएको छ ।
यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई युट्युबमा २ लाख १५ हजारभन्दा बढी पटक हेरिएको छ । २ हजारभन्दा बढी लाईक गरिएको गीतको म्यूजिक भिडियोमा ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।
हेर्नुहोस् गीत–
बिशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ ।
चलचित्रमा नायक सागर घिसिङसँगै नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।
चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।