फिलिपिन्समा आर्यन र सम्राज्ञीको रोमान्स यस्तो देखियो (भिडियो)

३० असार २०७५, शनिबार १४:१५
Featured Video Play Icon

हेटौँडा, ३० असार । आउँदो साउन २८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ । नायक आर्यन सिग्देल निर्मित उक्त फिल्मको ‘सुखमा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा मा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्सलाई देखाइएको छ । फिलिपिन्सका आकर्षक दृश्यहरु समेटिएको गीतमा रोमान्टिक मुडमा आर्यन र साम्राज्ञीको जोडी जमेको देखिन्छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् भने संगीत कल्याण सिंहको रहेको छ ।

उक्त गीतमा केतन क्षेत्रीको स्वर तथा कोशिश क्षेत्रीको शब्द र संगीत रहेको छ । गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । यो गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ । साथै ९ हजारभन्दा बढी लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*