नाई नभन्नु ल ५ को ट्रेलर यस्तो बन्यो (भिडियो)

२८ असार २०७५, बिहीबार ०२:५१
Featured Video Play Icon

हेटौँडा, २८ असार । चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएको छ । नायक अभिषेक नेपाल र बाल कलाकार सेड्रिना शर्माको डेब्यू रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ मा नायिका स्वस्तिमा खड्काको मूख्य भूमिका रहेको छ ।

चलचित्रको पछिल्ला सेरिजहरुमा रहेका बाल कलाकार अनुभव रेग्मी र नायिका प्रियंका कार्की समेत दोहोरिएको चलचित्रमा नायक दिलिप रायमाझीका साथै केकी अधिकारी, निरुता सिंह लगायतको अभिनय देख्न सकिन्छ ।

विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रमा पुरानै सेरिजमा जस्तै सेन्टिमेन्टर लभ स्टोरी समेटिएको छ वा छैन यसको खुलासा ट्रेलरले पूर्ण रुपमा गरेको छैन । बाल कलाकारहरुका साथै स्वस्तिमा र अभिषेकको रोमान्टिक लभ मोमेन्टका साथै केकी र दिलिपको पिडायुक्त संवाद समेत ट्रेलरमा समेटिएको छ । ईलाम लगायतका विभिन्न प्राकृतिक दृश्यहरु समावेश ट्रेलरमा प्रेम र रोमान्स् सहित रोमान्टिक संवादलाई बढी प्राथमिकता दिइएको छ ।

अञ्जना अधिकारीको भूमिकामा देखिएकी स्वस्तिमालाई निकै नै आकर्षक रुपमा फिचरिङ गरिएको छ । बसन्त सापकोटाको संगीत रहेको चलचित्रका गीतहरु समेत उत्कृष्ट बनेका छन् । चलचित्रमा दिनेश थपलिया र बसन्त सापकोटाको शब्दमा गीतहरु लेखिएका छन् । चलचित्रको कथा सामिप्यराज तिमल्सिना र विकासराज आचार्यले लेखेका हुन् ।

आउँदो भदौ ८ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्रको ट्रेलर यो सामाग्री तयार पार्दासम्म युट्युब नेपालमा ११ नम्बर ट्रेण्डिङमा छ । ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा ४ लाख ५४ हजार भन्दा बढी पटक हेरिएको छ र यो क्रम बढ्दो छ । भिडियोमा १४ के लाईक र १४ सय भन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*