रेखा थापाको खुलासा–‘छबि र शिल्पाको २ वर्षअघि नै विवाह भईसक्यो’

२२ असार २०७५, शुक्रबार १६:५४

हेटौँडा, २२ असार । निकै नै चर्चामा रहेको निर्माता छबि ओझा र नायिका शिल्पा पोखरेलको २ वर्ष अघि नै विवाह भइसकेको खुलासा भएको छ । नायिका रेखा थापाले छबी र शिल्पाको विवाह भइसकेको खुलासा गरेका हुन् ।

छबी की पुर्व पत्नी थापाले एक अनलाइनको पहिलो बार्षिक उत्सवको अवसरमा प्रकाशित स्मारिकामा उक्त कुराको खुलासा गरेकी हुन् । मिडियाको पछिल्लो अवस्थाको चर्चा गरिएको ‘मिडियाले पक्षधरता लिनुभएन’ शीर्षकको उनको लेखमा रेखाले भनेकी छिन् ‘तर इरिटेट त्यहाँ नेर हुन्छ जब मलाई छबी ओझासँग अहिले पनि जोडिन्छ । जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो । यहाँ नेर चाहीँ विभेद गरेजस्तो लाग्छ । किनकी जसले विवाह गरिसकेको छ उसलाई उसको वैवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि, तर पटक पटक म माथि नै किन प्रहार गर्छ मिडियाले ?’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*