चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी

१८ असार २०७५, सोमबार १३:५९
Timi Bina Ma -Murchunga TV-Chandra Ghalan

–चन्द्र घलान
मकवानपुर, १८ असार ।
सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ ।

बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ ।
नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

जितु लोप्चन र आरके योञ्जनको कर्णप्रिय आवाज समेटिएको गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् । ‘ए बिना ङा’ एल्बममा समावेश उक्त गीतमा निमा दोङको संगीत रहेको छ । गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् ।

यासा घलेको समेत फिचरीङ रहेको गीतको भिडियोमा रोमान्टिक शब्दहरुलाई सम्बोधन गर्ने गरी कथात्मक प्रस्तुतिलाई स्थान दिइएको छ । हृदयको राजालाई बिर्सिएर माईती घर छोड्नुपर्ने परिबन्धमा परेकी एक युवती र उनलाई माया गर्ने युवकको कथाले गीतको भिडियोलाई थप चर्चामा ल्याएको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् ।

यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई करिब ३२ हजार भन्दा बढी पटक हेरिएको छ र यो क्रम बढ्दो छ । गीतमा करिब २ सय कमेन्ट र करिब हजार लाईक गरिएका छन् । हेर्नुहोस् भिडियो–

यो पनि पढ्नुहोस्–

नायिका खुशी घिसिङ र नायक सागर घिसिङ म्यूजिक अवार्डको टप ५ मा, यसरी गर्नुस् भोट

तामाङ चलचित्र ‘घ्रान’ को दमदार ट्रेलर सार्वजनिक, यस्तो देखियो सागर र सुष्माको एक्सन अवतार

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*