
दुबईमा अशोक दर्जीलाई देखेपछि केटीहरु भुतुक्कै (भिडियो)

–चन्द्र घलान
दुबई, १३ असार । ‘चौरीको चाम्रो छुर्पी, तिमी जस्तो सुपर ब्युटी, कोही छैन संसारमा, तिमी भन्दा राम्री कोही छैन संसारमा’.. चर्चित बाल गायक अशोक दर्जीले यो गीत गाएपछि बर दुबईको एभरेष्ट क्लबमा जम्मा भएका अशोकका फ्यानहरु ‘अशोक–अशोक’ भन्दै उफ्रिए । उनीसँगै ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गुनगुनाए । अशोक घरि गायक टंक बुढाथोकीसँग कानेखुशी गर्थे अनि घरि अचानक फरक प्रसङ्ग झिकेर दर्शकलाई हँसाइदिन्थे ।
शुक्रबारको दिन र छुट्टीको समय परेकोले नेपालीहरु अशोक दर्जीलाई हेर्न झुम्मिएका थिए तर ठाउँ अभावका कारण करिब २ सय जना नेपालीहरु आयोजकसँग रिसाउँदै बाहिरबाटै फर्किए । मलेसियाको कार्यक्रम सकेर मकवानपुरको हेटौँडाका पत्रकारहरुसँगै दुबईको कार्यक्रममा पुगेका अशोकलाई देखेर उनका विशेष गरी केटी फ्यानहरुको ताली र प्रेम मिसिएको हुटिङले हल गुञ्जीरह्यो । कार्यक्रम साँच्चिकै हेर्न लायक थियो । बाँकी भिडियोमा हेरौँ ।
यो पनि पढ्नुहोस्–
जुमेरा समुन्द्र किनारमा अर्धनग्न नुहाउनेको भिड (हेर्नुहोस् भिडियो)
‘छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?’