रोनाल्डोको ह्याट्रिक युट्युब ट्रेण्डिङमा, हेर्नुहोस् भिडियो

२ असार २०७५, शनिबार ०७:३७

हेटौँडा, ०२ असार । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा क्रिष्टीयानो रोनाल्डोले गरेको ह्याट्रिक गोल अहिले युट्युब नेपाल ट्रेण्डिङको पहिलो नम्बरमा परेको छ ।

स्पेन र पोर्चुगलका बिच शुक्रबार राति भएको खेलमा उनले विभिन्न रेकर्ड बनाउने क्रममा उक्त ह्याट्रिक गरेका थिए । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई ५४ लाख २९ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ७८ के लाईक र ८ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

शुक्रबार राती स्पेनविरुद्धको खेलमा रोनाल्डोले एक साथ कयौँ रेकर्ड कायम गरेका थिए । खेलको तेस्रो मिनेटमा नै क्रिस्टियानो रोनाल्डोलाई क्लबका समकक्षी नाचोले लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोले स्पेनका गोलकिपर डेभिड डि गेयालाई छलाउँदै गोलमा परिणत गरे । यो गोल सन् १९६६ पछि विश्वकपमा भएको सबैभन्दा चाँडो गोल थियो । होजे अगस्तोले हंगेरीविरुद्ध १ मिनेट ३५ सेकेण्ड जाँदा गोल गरेका थिए ।

त्यस्तै, रोनाल्डोले लगातार आठ वटा मुख्य प्रतियोगितामा गोल गर्ने नयाँ किर्तिमान बनाएका छन् । जसमा विश्वकप, युरोपिन कप र कोपा अमेरिका सामेल छ । यो उपलब्धि कुनै युरोपियन वा दक्षिण अमेरिकी खेलाडीले हासिल गर्न सकेका छैनन् । त्यस्तै, उनी चारवटा विश्वकपमा गोल गर्ने चौँथो खेलाडी बनेका छन् । यसअघि, उनले सन् २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए ।

यसअघि, ब्राजिलका पेले र जर्मनीका उवे सिलर र मिरोल्लाभ क्लोजले चारवटा विश्वकपमा गोल गरेका थिए । यता, स्पेनविरुद्धको ह्याट्रिक उनको करियरको ५१ औँ ह्याट्रिक थियो । रोचक कुरा, यो विश्वकपमा भएको ५१ औँ ह्याट्रिक पनि थियो । कुनै मुख्य प्रतियोगितामा उनले ४५ औँ प्रयासमा पहिलो पटक ह्याट्रिकको उपलब्धि हासिल गरेका हुन् । ३३ वर्ष १३० दिनमा गोल गर्दै रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा धेरै उमेरका खेलाडी पनि बनेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*