काजोल र धनुष अभिनित ‘भिआईपी २’ को युट्युब धमाका

२८ जेष्ठ २०७५, सोमबार १५:४७
VIP 2 Cover-Murchunga TV-Chandra Ghalan

–चन्द्र घलान
हेटौँडा, २८ जेठ ।
हिन्दी डब्ड चलचित्र ‘भिआईपी–२ लल्कार’ ले युट्युबमा धमाका मच्चाएको छ । करिब एक सातासम्म लगातार १ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको चलचित्र अहिले भने युट्युब ट्रेण्डिङको ३ नम्बरमा छ । मुर्चुङ्गा टिभीले नम्बर २ ट्रेण्डिङमा हुँदा तयार पारेको सामाग्री हेर्नुहोस्–

साउथ ईण्डीयन चलचित्र ‘भेलाईल्ला पत्ताधारी–२’ को हिन्दी भर्सनको यस चलचित्रमा चर्चित नायक धनुष र चर्चित बलिउड नायिका काजोलको मूख्य भूमिका रहेको छ । सौन्दर्य रजनीकान्तको निर्देशनमा बनेको चलचित्रमा अमला पउलको पनि मूख्य भूमिका रहेको छ ।

चलिचत्रलाई यो सामाग्री तयार पार्दाको समयमा २ करोड १२ लाख ६ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १४१ के लाईक र २ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् पुरा फिल्म–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*