नम्बर १ ट्रेण्डिङमा केकीको राज्जा रानी, हेर्नुहोस् पुरा चलचित्र

२६ जेष्ठ २०७५, शनिबार ११:१३
Rajja Rani Cover-Murchunga TV

–चन्द्र घलान
हेटौँडा, २६ जेठ ।
चर्चित नायिका केकी अधिकारी र नजिर हुसेनको मूख्य भूमिका रहेको चलचित्र ‘राज्जा रानी’ युट्युब ट्रेण्डिङको नम्बर १ मा पर्न सफल भएको छ । केकी र नजिरसँगै कामेश्वर चौरासियाको समेत दमदार अभिनय रहेको चलचित्रलाई बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

जुन ७ तारिखमा युट्युबमा अपलोड गरिएको यो चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ७ लाख १९ हजारभन्दा बढी पटक हेरिएको छ । भेडियोमा १४ के लाईक र २ हजारबढी कमेन्टहरु गरिएका छन् । चलचित्र यम थापाको लेखन–निर्देशनमा बनेको हो । चलचित्रको चिपक चिपक बोलको गीत निकै नै चर्चित भएको थियो ।
हेर्नुहोस् पुरा चलचित्र–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*