‘सेमरीन मुला माया’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण

२३ जेष्ठ २०७५, बुधबार ०९:५८

–चन्द्र घलान
मकवानपुर, २३ जेठ ।
तामाङ कथानक चलचित्र ‘सेमरीन मुला माया’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा आधारित चलिचित्रको ट्रेलरमा प्रेम वियोग र एक्सनलाई मूख्य रुपमा समेटिएको छ । ट्रेलर हेर्दा गरिब परिवारमा जन्मिएका पुरुषको धनी परिवारमा जन्मिएकी युवतीसँगको प्रेमले प्रेमिल जोडीको जिन्दगीमा ल्याउने कठिनाई र समाजिक परम्पराको जगमा कथा उभिएको अनुमान गर्न सकिन्छ । चलचित्रको ट्रेलरलाई यो सामाग्री तयार पार्दासम्म ५ हजार ६ सयभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा १७० भन्दा बढी लाईक र २९ भन्दा बढी कमेन्टहरु गरिएका छन् ।
हेर्नुहोस् ट्रेलर–

नायक सविन श्रेष्ठको समेत विशेष भूमिका रहेको चलचित्रमा हुत्त सञ्जय लामा, खुशी घिसिङ, संगीता दोङ, भिम तामाङ, राजु झक्कास वाईबा, कमल लोप्चन, कमल योञ्जन लगायतको अभिनय रहेको छ । साथै बाल कलाकार निमा दोङ, रुचिका गोले र निक्की दोङको समेत अभिनय चलचित्रमा छ ।
राजु दोङको दमदार द्वन्द समेटिएको चलचित्रलाई रामेश्वर जिरेलले खिचेका हुन् । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झना तामाङ र लोसाङ लामा (ईसान) ले निर्माण गरेको चलचित्रलाई सञ्जय र अर्जुनले निर्देशन गरेका हुन् ।

सञ्जयकै कथामा बनेको चलचित्रका गीतहरुमा अजय स्याङ्तान र दिपक तामाङको कोरियोग्राफी रहेको छ । त्यस्तै प्रयास दोङ र सञ्जयको संगीतमा प्रयास दोङ, जितु लोप्चन, निमा दोङ र अमृत लामाले आवाज दिएका छन् । गीतका शब्दहरु सम्झना लामा र कुमार स्याङ्बाले लेखेका छन् ।
यस अघि नै ‘सेमरीन मुला माया’ को ‘दुःखै दुःखला ल्हुई ङाला’ बोलको वियोगान्त गीत चर्चित बनिसकेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १६ हजार ३ सयभन्दा बढी पटक हेरिएको छ ।

हेर्नुहोस् ‘दुःखै दुःखला ल्हुई ङाला’–

विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । यो गीतमा सम्झना लामाको शब्द रहेको छ । त्यस्तै ‘घ्याल्मो दोसी मिरी छ्याजी’ र ‘तामाङको ल्होछार महान चाड’ बोलको गीत समेत चर्चामा छ ।
हेर्नुहोस् ‘घ्याल्मो दोसी मिरी छ्याजी’–

हेर्नुहोस् ‘तामाङको ल्होछार महान चाड’–

यो पनि पढ्नुहोस्–

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

तामाङ चलचित्र ‘घ्रान’ को दमदार ट्रेलर सार्वजनिक, यस्तो देखियो सागर र सुष्माको एक्सन अवतार

तामाङ चलचित्र ‘का ला दाग’ लाई करिब २ लाख भ्यू (भिडियो सहित)

‘मैच्याङलाई देखेपछि च्याङ्बाको हर्कत’ (भिडियो)

माया गर्ने जोडीको रोजाईमा ‘एदेन ङाला चु मायामी’

‘टुहुरोला ल्हुई’ को नयाँ गीतमा छोईसाङ र सजिताको रोमान्स

चर्चित बन्दै ऋतु तामाङको म्हेन्दोमाया गीत ‘स्यामा गुनेरी’

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

तामाङ चलचित्र ‘छार ग्यालम’ निर्माण सुरु, नेपाली भाषामा समेत प्रदर्शन हुने


यसमा तपाइको मत

Your email address will not be published.


*