आशिषको रेष्टुरेन्ट कमेडी युट्युब ट्रेण्डिङमा (भिडियो सहित)

२१ जेष्ठ २०७५, सोमबार ०६:२७

हेटौँडा, २१ जेठ । चर्चित भारतीय युट्युबर आशिष चाँच्लानीले तयार पारेको कमेडी भिडियो नेपालमा समेत युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा परेको छ । भारतीय रेष्टुरेन्टहरुमा आउने ग्राहक तथा रेष्टुरेन्टका संचालनक र वेटरहरुको अचम्मका कुराहरुमा आधारित रहेर उनले तयार पारेके ‘रेष्टुरेन्ट सुतियापा’ शिर्षकको भिडियो युट्युब ट्रेण्डिङमा परेको हो ।

यो सामाग्री तयार पार्दासम्म यो भिडियोलाई ६९ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ४ सय १५ के लाईक र ३१ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । भिडियोमा आशिष सहित आकाश डोडेजा, कुनाल छाब्रिया लगायतको अभिनय रहेको छ । भिडियोलाई आशिष आफैले लेखेका हुन् ।

उनका यस अघि पनि अन्य भिडियोहरु चर्चामा आएका थिए । भाईरल भिडियोकै कारण उनलाई विभिन्न वेब सेरिज तथा बिग बोसमा समेत अफर आएको भारतीय न्यूज च्यानलहरुले उल्लेख गरेका छन् ।

हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*