कमल क्षेत्रीको गीतमा अकेशाको मौनता, हेर्नुहोस् भिडियो

१९ जेष्ठ २०७५, शनिबार १७:१०

हेटौँडा, १९ जेठ । युवाहरु माझ निकै नै लोकप्रिय गायक कमल क्षेत्रीले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नाच न, आइ लभ यू, तिम्रै मायाले, जस्ता चर्चित गीतका गायक क्षेत्रीले ‘कहाँ पाइन्छ ?’ र बोलको नयाँ गीत बजारमा ल्याएका हुन् । उनले आफ्नो जन्म दिन पारेर यो गीत सार्वजनिक गरेका हुन् ।

विभोर पोखरेल निर्देशित भिडियोमा अकेशा विष्ट र गायक क्षेत्री आफैंले अभिनय गरेका छन् । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । आइ लभ यु भन्न सकिन बोलको चर्चित गीतका गायक क्षेत्रीले यो म्युजिक भिडियो पनि दर्शकले मन पराउने अपेक्षा गरेका छन् । हेर्नुहोस् भिडियो-


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*