निशानको ‘भुन्टी’ युट्युबको नम्बर १ मा

१७ जेष्ठ २०७५, बिहीबार ०९:१९

–चन्द्र घलान
हेटौँडा, १७ जेठ ।
नेपाल आईडलको पहिलो सिजनका टप ३ फाईनालिस्ट (फस्ट रनर अप) निशान भट्टराईले चर्चित मोडल तथा नायिका एलिशा राईलाई ‘भुन्टी’ बनाएर नयाँ भिडियो रिलिज गरेका छनु । रिलिज भएको भुन्टी बोलको गीतको म्यूजिक भिडियोले निकै नै चर्चा समेत पाएको छ । अहिले यो गीत नेपालमा युट्युब ट्रेण्डिङको एक नम्बरमा छ ।

आफ्नै आवाजमा सजिएको गीतमा मोडलिङ समेत गरेका निशानको भुन्टी बनेर म्यूजिक भिडियोमा देखिएकी एलिशालाई रोमान्टिक प्रेमिका र बुढेसकालकी साहाराकी रुपमा समेत निकै नै सुहाउँदो भूमिकामा अटाइएको छ । मौलिक पहिरन सहितको भिडियोमा निशान र भुन्टीको जवानीको प्रेमदेखि बुढेसकालको मायालाई समेत देखाइएको छ । म्यूजिक भिडियोमा निशान र एलिशासँगै मिस्टर आर जे को पनि अभिनय रहेको छ ।

यो सामाग्री तयार पार्दासम्म यो गीतको भिडियोलाई १८ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ भने ५२ हजार लाईक र ४ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । करिब ५ दिन अघि भिडियो युट्युब ट्रेण्डिङको नम्बर २ मा थियो । गीतको शब्द लेखन र कम्पोज समेत मिस्टर आरजे अर्थात राजेन्द्र भट्टले गरेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीतको भिडियोलाई शिशिर खातीले कोरियाग्राफी गरेका हुन् । भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।
हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*