सञ्जय दत्तको बायोपिकमा रणविर कपुर, यस्तो आयो ‘सञ्जु’ को ट्रेलर

१६ जेष्ठ २०७५, बुधबार १६:२२

हेटौँडा, १६ जेठ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जु’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ । फक्स स्टार हिन्दीमार्फत युट्युबमा टिजर सार्वजकि भएको करिब एक महिनापछि यसको ट्रेलर सार्वजनिक गरिएको हो । टिजर सार्वजनिक भएको १ दिनमै नम्बर १ ट्रेण्डिङमा पर्न सफल भएको यो चलचित्रको ट्रेलर समेत सार्वजनिक भएको केहीबेरमै यो समाचार तयार पार्दासम्म १० नम्बर ट्रेण्डिङमा परेको छ ।

चलचित्रमा सञ्जय दत्तको बहु व्यक्तित्वका विभिन्न अवस्थाका रुपमा चर्चित अभिनेता रणबुर कपुरलाई लिइएको छ । उनको अभिनय र जिउडाल सञ्जय दत्तकै जस्तो हुबहु देखिएको छ । एउटै व्यक्ति भएर पनि विभिन्न जीन्दगी जिएका अभिनेता सञ्जय दत्तका जीन्दगीमा अँध्यारा पाटाहरुसहित उनको संघर्ष र प्रेमलाई समेत चलचित्रमा उतारिएको छ । यो समाचार तयार पार्दासम्म यो ट्रेलरलाई ५२ लाख ५९ हजार भन्दा बढी पटक हेरिएको छ । साथै ट्रेलरमा २८२ के लाईक र २३ हजारभन्दा बढी कमेन्टहरु गरिसकिएका छन् । यो क्रम बढ्दो छ ।

चलचित्रमा रणविर कपुरसँगै परेश रावल, मनिषा कोईराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, बोमन इरानी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्र बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्म्सको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो ।
हेर्नुहोस् ट्रेलर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*