यीनी हुन् अनमोल केसीका नयाँ हिरोईन् सुहानी थापा (हेर्नुहोस् भिडियो)

१४ जेष्ठ २०७५, सोमबार १७:२६
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, १४ जेठ । फरक चलचित्रमा फरक नायिकाका साथमा देखिने नायक अनमोल केसीले आगामी नयाँ चलचित्रमा समेत नयाँ नायिकासँग पर्दा सेयर गर्ने भएका छन् । विशेष गरि टिनएज दर्शकहरुका चर्चित अनमोलले चर्चित नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर’ को तेस्रो सेरिज ‘ए मेरो हजुर ३’ मा नयाँ नाियकासँग अभिनय गर्ने भएका हुन् ।

झरना थापाको निर्देशन रहने चलचित्र ‘ए मेरो हजुर ३’ मा उनले झरनाकै छोरी सुहानी थापासँग अनस्क्रिन रोमान्स् गर्ने भएका हुन् । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाकी छोरी सुहानीको यो डेब्यू चलचित्र हुनेछ । सिनेमाका अन्य कलाकार र टिम फाइनल नभएपनि ‘ए मेरो हजुर २’ का अन्य कलाकार समेत चलचित्रको यो सिरिजमा हुने अनुमान गरिएको छ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*