अनमोल केसी ‘ए मेरो हजुर ३’ मा फाईनल, ३० लाख पारिश्रमिक लिने

१३ जेष्ठ २०७५, आईतवार ०२:५९

हेटौँडा, १३ जेठ । युवा दर्शकहरुका माझ हट एण्ड चकलेटी छवी बनाएका नायक अनमोल केसीले चर्चित नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर’ को तेस्रो सेरिज ‘ए मेरो हजुर ३’ मा अभिनय गर्ने भएका छन् ।

यस अघि नै ‘ए मेरो हजुर २’ मा अनमोलले खेल्ने चर्चा चलेता पनि चलचित्रमा सलिनमान बनियाँले अभिनय गरेका थिए र चलचित्र हिट समेत भएको थियो । तर यसपालि भने झरना थापाको निर्देशन रहने चलचित्र ‘ए मेरो हजुर ३’ मा उनी फाईनल भएका हुन् । शनिबार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले अनमोल केसीलाई साईन समेत गरेका छन् । अनमोलले चलचित्रका लागि ३० लाखभन्दा बढी लिएको चर्चा चलेको छ । चलचित्रमा अनमोल सँगै झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्ने भएकी छिन् ।

लभस्टोरी कथामा निर्माण हुने चलचित्र अनमोलको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ रिलिजको ६ महिनापछि प्रदर्शन गरिने भएको छ । भदौदेखि छायाँकनमा जाने सिनेमालाई आगामी नयाँ बर्षमा रिलिज गरिनेछ । सिनेमाका अन्य कलाकार र टिम फाइनल नभएपनि ‘ए मेरो हजुर २’ का अन्य कलाकार समेत चलचित्रको यो सिरिजमा हुने अनुमान गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*