दिपकको ‘मन मगन’ मा राहुलको कमालको डान्स्, युट्युब हल्लियो

१२ जेष्ठ २०७५, शनिबार १६:३४

–चन्द्र घलान
हेटौँडा, १२ जेठ ।
नेनेपाली संस्कृति, ईतिहास र सम्पदाहरुको समेत गाथा बोकेको ‘मन मगन’ बोलको चर्चित गीतमा राहुल शाहको कोरियोग्राफी मिसिएपछि अहिले यो गीतको ‘कन्सेप्ट भिडियो डान्स’ ले थप चर्चा पाएको छ । भिडियोमा चर्चित नायक दिलिप रायमाझीको समेत दमदार इन्ट्री रहेको छ । चर्चित गायक दिपक बज्रचार्यको आवाजमा सजिएको यो गीतमा डान्सर राहुल शाहले रोमाञ्चक कोरियोग्राफी पस्किएका छन् ।

यो कभर डान्सलाई यो सामग्री तयार पार्दासम्म ७ लाख ९७ हजार भन्दा बढी पटक हेरिएको छ । भिडियोमा २५ हजार लाईक र २ हजारभन्दा बढी कमेन्टहरु छन् । यो कभर डान्स युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा छ । त्यस्तै यसको ओरिजिनल गीतलाई भने १५ लाख १९ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा दिपक बज्रचार्य र रिक्की शाक्यको संगीत रहेको छ भने गीतको शब्द रिक्कीले नै लेखेका हुन् ।

ओरिजिनल गीतको म्यूजिक भिडियोमा अनिल मानन्धरको छायांकन र सुव्रतराज आचार्यको निर्देशन रहेको छ । धिमे बाजा, मादल, साराङ्गी लगायतका प्राचिन नेपाली बाजाहरु प्रयोग गरिएको गीतमा कुमारी जात्रा, झाँक्री डान्स लगायका विभिन्न संस्कृतिलाई समेत समेटेर ओरिजीनल भिडियो बनाइएको छ । भने राहुलको कन्सेप्टमा बब्बाल डान्सले भिडियोलाई भरिएको छ । कभर डान्स भिडियोमा राहुलकै निर्देशन, कोरियोग्राफी, संवाद र कन्सेप्ट रहेको छ भने पवन सुस्लिङले भिडियोलाई खिचेका छन् । कभर भिडियोमा राहुलसँगै युमी, अमर, कृतिका, सुनिल, राकेश, निरञ्जन, उपासना, सदिक्षा, सुनिता र मेलिनाको नृत्य रहेको छ ।
हेरौँ भिडियो–

ओरिजीनल भिडियो पनि हेरौँ–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*