निशानले एलिशालाई ‘भुन्टी’ बनाएपछि..

१२ जेष्ठ २०७५, शनिबार १५:४९

–चन्द्र घलान
हेटौँडा, १२ जेठ ।
नेपाल आईडलको पहिलो सिजनका टप ३ फाईनालिस्ट (फस्ट रनर अप) निशान भट्टराईले चर्चित मोडल तथा नायिका एलिशा राईलाई ‘भुन्टी’ बनाएर नयाँ भिडियो रिलिज गरेका छन् । रिलिज भएको भुन्टी बोलको गीतको म्यूजिक भिडियोले निकै नै चर्चा समेत पाएको छ ।

आफ्नै आवाजमा सजिएको गीतमा मोडलिङ समेत गरेका निशानको भुन्टी बनेर म्यूजिक भिडियोमा देखिएकी एलिशालाई रोमान्टिक प्रेमिका र बुढेसकालकी साहाराकी रुपमा समेत निकै नै सुहाउँदो भूमिकामा अटाइएको छ । मौलिक पहिरन सहितको भिडियोमा निशान र भुन्टीको जवानीको प्रेमदेखि बुढेसकालको मायालाई समेत देखाइएको छ । म्यूजिक भिडियोमा निशान र एलिशासँगै मिस्टर आर.जे. को पनि अभिनय रहेको छ ।

यो सामाग्री तयार पार्दासम्म यो गीतको भिडियोलाई ५ लाख ९८ हजारभन्दा बढी पटक हेरिएको छ भने २९ हजार लाईक र २ लाख ८ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । र यो भिडियो युट्युब ट्रेण्डिङको नम्बर २ मा छ । गीतको शब्द लेखन र कम्पोज समेत मिस्टर आरजे अर्थात राजेन्द्र भट्टले गरेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीतको भिडियोलाई शिशिर खातीले कोरियाग्राफी गरेका हुन् । भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।
हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*