पल पल्किएपछि आँचलले गालामा थप्पड हानिन् (भिडियो सहित)

११ जेष्ठ २०७५, शुक्रबार ०८:०६
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, ११ जेठ । पछिल्लो समय ‘आँप जोडी’ का रुपमा चर्चा कमाउन सफल चर्चित अनस्क्रिन जोडी पल शाह र आँचल शर्माको नयाँ म्यूजिक भिडियोले युट्युबमा राम्रो भ्यू पाएको छ । ‘ म त पल्केँ’ बोलको गीतमा आँचललाई देखेपछि उनकै पछि लाग्न पल्किएका पललाई आँचलले थप्पड हानेको दृश्य समावेश गरिएको छ ।

सधैँ चर्चामा रहन सफल पल र आँचलको अभिनय रहेको पछिल्लो चलचित्र ‘शुत्र गते’ सुपरहिट भएपछि आँप जोडीको व्यवस्तता बढेको समयमा यो गीत रिलिज भएको हो । म्यूजिक भिडियोमा अन्त्यमा यी दुई जोडीको प्रेमलाई समेत समावेश गरिएको देखाइएको छ । यो सामाग्री तयार पार्दासम्म गीतलाई युट्युबमा १ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

डान्स एण्ड रोमान्स प्यार्टनमा तयार पारिएको गीतमा कमल किरणको आवाज रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको छ । अनुराग ठकुरीको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन् ।
हेर्नुहोस् म्यूजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*