ट्रेण्डिङ न्यूज : सलमानको रेस ३ ले गर्यो युट्युब कब्जा, अशोक दर्जी अझै ट्रेण्डिङमा

४ जेष्ठ २०७५, शुक्रबार ०३:३२

–चन्द्र घलान
हेटौँडा, ४ जेठ ।
नमस्कार ट्रेण्डिङ न्यूजमा तपाईलाई स्वागत गर्छु म चन्द्र घलान । मुर्चुङ्गा टिभीको प्रस्तुति ट्रेण्डिङ न्यूजमा हामी युट्युब ट्रेण्डिङमा परेका उत्कृष्ट भिडियोहरुका बारेमा कुरा गर्छौँ । कुन भिडियो युट्युब नेपाल वा अन्य देश तथा विश्वव्यापी रुपमा ट्रेण्डिङमा पर्दैछन् ? ती सबैका बारेमा हामी संक्षेपमा जानकारी प्रस्तुत गर्छौँ । आज हामीले यो सामाग्री तयार पार्ने समयमा नेपालमा युट्युब ट्रेण्डिङमा परेका २ भिडियोहरुको जानकारी प्रस्तुत गर्दैछौँ ।
हेर्नुहोस् भिडियो–

१ नम्बर ट्रेण्डिङमा सलमानको रेस ३
बलिउड भाइजान सलमान खानको आगामी चलचित्र ‘रेस ३’ को ट्रेलर अहिले नेपालमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । यो सामाग्री तयार पार्दासम्म यस ट्रेलरलाई १७ करोड ६४ हजार २ सय ६० भन्दा बढी पटक हेरिएको छ । र ४५ हजार ६ सय ५४ वटा कमेन्टहरु गरिएका छन् ।
चर्चित एक्सन–थ्रिलर जेनरको ‘रेस’ को तेस्रो सिरिजमा सलमान खानसहित ज्याक्लिन फर्नान्डेज, अनिल कपुर, बबी देवल, डेजी शाह, सकिब सलिम, फ्रेडी डरुवाला लगायतका कलाकारहरुको अभिनय रहेको छ । सलमान खान फिल्मस् र टिप्स फिल्मसको निर्माणमा बनेको चलचित्रमा रेमो डिसुजाको निर्देशन रहेको छ । चलचित्र जुन १५ तारिखमा रिलिज हुनेछ ।

अशोक दर्जीको पहिलो गीत –मन बिनाको धन ठूलो कि धन बिनाको मन अझै ट्रण्डिङमा
अफिसियल गीत रिलिज हुनु पूर्व नै युट्युबमा भाईरल भएका अशोक दर्जीको अन्तत पहिलो अफिसियल गीत सार्वजनिक भयो । भाईरल भएसँगै चर्चा कमाउन सफल भएका उनको ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन ?’ बोलको गीत सार्वजनिक भएसँगै यसले नयाँ रेकर्ड समेत राख्दै युट्युब ट्रेण्डिङमा पर्यो । अपलोड भएको केही समयपछि नै एक नम्बर ट्रेण्डिङमा परी भाईरल भएको यो गीत यो सामाग्री तयार पार्दासम्म नै युट्युब नेपाल ट्रेण्डिङमा अझै तेस्रो नम्बरमा छ ।

अशोक दर्जीसहित उनलाई साथ दिएका गायक टंक बुढाथोकीको समेत आवाज समावेश यो गीतलाई यो सामाग्री तयार पार्दासम्म ४४ लाख ३३ हजार ७ सय ८७ पटक हेरिएको छ । साथै यस गीतमा २० हजार ८ सय ४४ वटा कमेन्टहरु गरिएका छन् । डि.जे रुपकले फिचरिङ गरेको यस गीतमा बिराज नेपालको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*