मकवानपुरमा नेपाली चलचित्र ‘कल्चर’ को छायांकन सुरु, आत्माहत्याको कथा पर्दामा

२७ बैशाख २०७५, बिहीबार १४:०१

मकवानपुर, २७ बैशाख । नेपाली कथानक चलचित्र ‘कल्चर’ को शुभमुहर्तसँगै छायाँकन प्रारम्भ भएको छ । मकवानपुरको थाहा नगरबाट चलचित्रको छायाँकन सुरुवात गरिएको हो । थाहा कला केन्द्र सहित लाबा मिडिया प्रालिले निर्माण गर्न लागेको चलचित्रलाई थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले निर्देशन गर्ने छन् ।

निर्देशक मोक्तानले चलचित्रमा मानिस कसरी आत्माहत्या गर्न सम्म पुग्छन् र यसको न्यूनिरकण कसरी गर्न सकिन्छ भन्ने विषयमा चलचित्र निर्माण गर्न लागेको बताएका छन् । चलचित्रमा विना मुक्तान, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायतको अभिनय रहनेछ ।

चललिचत्रको छायांकन थाहा नगरपालिकाको भाङखोरिया (कोटथुम्की) बाट सुरु भएको निर्देशक मोक्तानले बताए । चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक तर्फ मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनले भुमिका निवार्ह गर्ने छिन् । चलचित्रको छायांकन असोज सम्ममा सकिने बताइएको छ ।

चलचित्रको छायाँकन भने श्याम गौतमले गर्दैछन् । चलचित्र निर्माणमा सुनौलो बिहानी युवा क्लब र सर्वनाम थिएटरका सगुन तामाङको विशेष सहयोग गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*