परी तामाङको नग्न भिडियो भाईरल, प्रहरीसँग न्याय माग्दै परी

२२ बैशाख २०७५, शनिबार १६:३४
Featured Video Play Icon

काठमाडौं, २२ वैशाख । युट्युबमा परी तामाङ नाम राखेर च्यानल संचालन गर्दै आएकी परी तामाङको नग्न भिडियो युट्युब तथा चर्चित पोर्न साईटमा अपलोड भएपछि उनी न्याय माग्न प्रहरीको शरणमा पुगेको खबरहरु विभिन्न न्यूज पोर्टलहरुले सार्वजनिक गरेका छन् । साथै युट्युबमा उनी रुँदै प्रहरीकोमा गएको रिपोर्ट समेत सार्वजनिक भएको छ ।

विश्व चर्चित पोर्न साइटले समेत परी तामाङको नामबाट उक्त भिडियो आफ्नो साइटमा अपलोड गरेको समाचारमा उल्लेख छ । भिडियो सार्वजनिक भए लगत्तै तामाङ महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी बताइएको छ । पोर्न साइटमा भिडियो सार्वजनिक भए लगतै उनले केही युट्युव च्यानलमार्फत आफु र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् भने त्यस्तो गर्नेलाई प्रहरीले कारवाही गरोस भन्ने अभिव्यक्ति समेत दिएकी छिन् । उनले उक्त भिडियो आफ्नो प्रेमीसँगको अन्तरङ्ग सम्बन्ध भएको समेत बताएकी छिन् ।

उनले केही समय अघि फुलचोकी मिडिया नामको युट्युब च्यानलबाट आफु देहव्यापारमा लागेको र एक रातको ५० देखि ६० हजार लिने गरेको बताएकी थिईन् । परिवारको लागि देहव्यापारमा लागेको बताउने परीले विभिन्न सर्ट मूभिहरु प्नि खेलेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*