अचम्म : आलियाको एउटै गीतमा १ सय ७५ पटक कपडा चेन्ज

२२ बैशाख २०७५, शनिबार ०८:२०

एजेन्सी, २२ बैशाख । युवापुस्तामा चर्चित बलिउड नायिका आलिया भट्टले एउटै गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी छिन् । उनले आफ्नो नयाँ चलचित्र ‘राजी’को ‘मुड के न देख दिलबरो’ बोलको गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी हुन् ।

उक्त चलचित्रमा जासूसको भूमिका निभाएकी उनले पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्ने रोलमा छिन् । सोही क्रममा रिलिज गरिएको उक्त गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको अभिव्यक्ति दिएकी हुन् ।

 

Pic : Google

प्रोडक्सन टिमले सो गीतमा कश्मिरदेखि पाकिस्तानसम्मको यात्रा देखाइएको बताए । यसको सुटिङमा कैयौं दिन लागेको थियो । गीतको बिदाईका चरणका सीनहरु पटियाला, कश्मिर जस्ता क्षेत्रमा सुटिङ गरिएको थियो जसका कारण आलियाले पटक–पटक पहिरन परिवर्तन गर्नुपरेको हो ।
यो फिल्म ११ मे मा रिलिज हुँदैछ । चलचित्रमा आलिया सहित विक्की कौशलको मूख्य भूमिका छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*