चलचित्र ‘लम्फू’को नयाँ गीत सार्वजनिक, पिडामा लम्फू

२० बैशाख २०७५, बिहीबार १०:२८

हेटौँडा, २० बैशाख । यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन मिति तय गरिएको नेपाली कथानक चलचित्र ‘लम्फू’को ‘तिमीलाई भुलेर’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । कबिर खड्का र मरिष्का पोखरेलको अभिनय रहेको यो गीतमा प्रमोद खरेलको स्वर र अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाको शब्द रहेको छ । तरकारीवाली कुशुम श्रेष्ठको समेत अभिनय रहेको ‘लम्फू’ चलचित्रको यो गीतमा भने उनी अटाएकी छैनन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा लम्फूलाई पिडामा देखाइएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’ले मिलन, वियोग, समाज, साथीको साथ र परिवारको कथा प्रस्तुत गरेको छ । चलचित्रका यस अगाडी दुई गीत र ट्रेलर आएको थियो । पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको लम्फू भूपतिको लेखन रहेको छ ।

चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, आर्यन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
हेर्नुहोस् नयाँ गीत–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*