दिपिका महाभारतकी द्रौपदी, कृष्णको रोलमा आमिर खान

१८ बैशाख २०७५, मंगलवार ०८:५३

एजेन्सी, १८ बैशाख । बलिउडकी चर्चित नायिका दिपिका पादुकोनलाई महाभारतकी द्रौपदीको रोलमा चयन गरिएको छ भने कृष्णको रोल बलिउडका मिस्टर परफेक्टनिस आमिर खानले निभाउने भएका छन् ।

‘ठग अफ हिन्दूस्तान’ को सुटिङ सकिएपछि सुरु गर्न थालिएको आमिरको ड्रिम प्रोजेक्ट ‘महाभारत’ मा दिपिका यो रोलको लागि नेचुरल चोइसका रुपमा दिपिकालाई लिइएको हो तर पध्मावत जस्ता एपिक फिल्म गरेकी र यसको विवादमा रुमलिएकी दिपिकाले स्विकार गर्लिन् वा नगर्लिन त्यो भने तय भइसकेको छैन । यदि उनी यस रोलका लागि तयार भएमा दिपिका र आमिरको यो पहिलो स्क्रिन सेयर गरिएको चलचित्र बन्ने छ । चलचित्रमा रिलायन्श इन्डस्ट्रिका मालिक मुकेश अम्बानीले १०० करोडको लगानी गर्ने छन् भने उनी महाभारतको को–पो्रड्यूसर पनि हुने भएका छन् । भारतीय न्यूज एजेन्सीहरुका रिपोर्ट अनुसार आमिरको महाभारत एक फिल्म नभएर ५ सिरिजमा बन्ने बताइएको छ ।

चलचित्र निर्माणका लागि आमिरलाई १० देखि १५ बर्षसम्म लाग्ने भएको छ । सीरिजको पहिलो भाग अद्वेत चन्दनले निर्देशन गर्ने भएका छन् । उनले यसअघि आमिरको सेक्रेट सुपरस्टार पनि निर्देशन गरेका थिए । त्यस्तै एक सिरिज आमिर आफैले निर्देशन गर्नेछन् । चलचित्रको सुटिङ सेप्टेम्बर २०१८ बाट सुरु हुने बताइएको छ । यस चलचित्रलाई २०२० मा रिलिज गर्न तयारी गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*