तर्साउने प्रान्क भिडियो बनाएर पैसा कमाउनुहोस्, तरिका यस्तो छ

१८ बैशाख २०७५, मंगलवार ०४:३१

हेटौँडा, १८ बैशाख । तपाईँले कभर भिडियो कन्टेस्टहरुमा भाग लिनुभएको छ र पुरस्कार जित्नुभएको छ भने अर्को नयाँ र सहज तरिका तपाईका लागि चलचित्र ‘सुनकेशरी’ ले जुराईदिएको छ । तपाईले तर्साउने प्रान्क भिडियो बनाएर बिजेता हुनुभएमा १० हजार नगद र टिकट प्राप्त गर्न सक्नुहुनेछ ।

जेठ ११ गते देखि रिलिज हुने फिल्म सुनकेशरीले ‘डेयर टु स्केयर’ भिडियो कन्टेस्टको आयोजना गरेको हो । प्रतियोगितामा १८ बर्ष भन्दा माथिका दर्शकहरुले भाग लिन सक्नेछन । स्केरी प्रान्क भिडियो बनाएर आफ्नो यूट्युबमा अपलोड गरी सुनकेशरीको अफिसियल फेसबुक पेजमा त्यसको लिन्क पठाउनु पर्नेछ । भिडियोमा वालवालिका र बृद्ध बृद्धाहरुलाई सामावेश गर्न नपाईने बताइएको छ । त्यस्तै भिडियो हेदौ रमाईलोसँगै डर मिसिएको हुनुपर्नेछ चलचित्र युनिटले बताएको छ । भिडियोमा सुनकेशरीको टाइटल र रिलिज डेट समेत राख्नुपर्ने शर्त राखिएको छ ।

जेठ १० गते सम्मको डेडलाईन रहेको यस प्रतियोगिताका ३ जना बिजेताले नगद रु १०,००० सहित सुनकेशरीको टिकेट प्राप्त गर्नेछन । अभिनेत्री निर्माता ऋचा शर्माको निर्माण रहेको ‘सुनकेशरी’लाई अभिनेता निर्देशक अर्पण थापाले निर्देशन् गरेका छन् । ऋचा शर्मा, सन्नी ढकाल, रबिन्द्र झा लगायतको अभिनय रहेको चलचित्रमा नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् सुनकेशरीको ट्रेलर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*