सन्नी लियोनी सधैँ फिट देखिनुको रहस्य यस्तो

१७ बैशाख २०७५, सोमबार १५:१७

मुम्बई, १७ बैशाख । फेसन र ग्ल्यामरका कारण चर्चामा रहन सफल बलिउड अभिनेत्री सन्नी लियोनी सधैँ फिट रहने कारण के होला ? उनको जस्तै स्लिम फिगर बनाउन कति युवतीहरुलाई रहर होला ? यसको कारण जान्न उनको दिनचर्याले बुझेर सजिलै पत्ता लगाउन सकिन्छ ।

सन्नी आफ्नो फिटनेशमा हमेसा ध्यान दिने गर्दछिन् । हाल उनी आफ्नो बडी परफेक्ट बनाउन जमेर वर्कआउट गरिरहेकी बताइएको छ । पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेकी छिन् ।

केही समय पहिलेसम्म फिटनेश ट्रेनरकै निगरानीमा खाने, बस्ने र सुत्ने समय निर्धारण गरि स्वास्थ्यको ध्यान दिएकी उनले अहिले भने जिममा कडा मेहनत गरिरहेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*