चलचित्र ‘डोली’ को छायाँकन सुरु

१७ बैशाख २०७५, सोमबार १२:४३

काठमाडौँ, १७ बैशाख । नेपाली कथानक चलचत्रि ‘डोली’ को छायाँकन सुरु भएको छ । सामाजिक कथावस्तुमा रही निर्माण गर्न लागिएको चलचित्रमा राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको छ । चलचित्रलाई नुवाकोटका साथै रारा, जुम्ला तथा काठमाडौंमा पनि छायाँकन गरिने बताइएको छ ।

जय राम थापाको छायाङ्कन रहने फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुड (भंगेरी डन), हिमवाला गौतम, नविनराज रेग्मी, सतिस खत्री, शानिया खान, संगिता नापित, बिरन डिसी लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्र डोलीका गीतहरुमा सि.डि बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगित रहेको छ भने मेलिना राई, अनुष्का पाठक, सि.डि बिजय, मनिसा राई र युवराज चौलागाईले आवाज दिएका छन् । किरण नेपालीको प्रस्तुती रहेको फिल्म रेड बर्ड प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*