जेठ ४ गते विपिनको ‘हरी’ ले हल कब्जा गर्ने

१७ बैशाख २०७५, सोमबार ११:११

हेटौँडा, १७ बैशाख । चलनचल्तीमा रहेका भन्दा फरक धारको ट्रेलर सार्वजनिक गरेर चर्चामा आएको चलचित्र ‘हरी’ आउँदो जेठ ४ गतेदेखि रिलिज हुने भएको छ । फरक चलचित्रमा फरक रोलमा देखिने र सो रोललाई रोचक बनाउन खप्पिस कलाकार बिपिन कार्कीको मुख्य भूमिका चलचित्रमा छ ।

प्रदर्शन मिती नजिकिँदै गर्दा ‘हरी’ युनिटले नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । फिल्म शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको फिल्म लेखन तथा निर्देशन सफल केसी र प्रतिक गुरुङले गरेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन छ ।
हेर्नुहोस् ट्रेलर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*