महा मानव गौतम बुद्धका बारेमा बनेका यी चलचित्र र भिडियो हेर्नुहोस्

१७ बैशाख २०७५, सोमबार ०७:४८

–चन्द्र घलान
हेटौँडा, १७ बैशाख ।
आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६२ औं बुद्ध जयन्ती । महा मानव गौतम बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो ।

बुद्ध सम्बन्धी धेरै सामाग्रीहरु युट्युबमा उपलब्ध छन् तर बुद्धकै बारेमा चलचित्र र टेलिसिरियलहरु भने नेपाली भाषामा भन्दा पनि हिन्दी भाषामा बढी बनेको देखिएको छ । तथापि भजन तथा बायोग्राफीहरु भने नेपाली भाषामा पनि प्रशस्त भेट्न सकिन्छ । हामीले आज बुद्ध सम्बन्धी केही धार्मिक चलचित्र, बुद्धका जीवनी समेटिएका चलचित्र र केही टेलिचलचित्रहरुका बारेमा लिंकसहित यो सामाग्री तयार पारेका छौँ ।

१) बुद्ध– जी टिभीले सन् २०१४ मा प्रसारण गरेको यो सिरियल बुद्धको जीवनीमा आधारित टेलिसिरियल हो । मनोरञ्जनका लागि विभिन्न मसला राखि प्रसारण गरिएता पनि यस टेलिसिरियलबाट बुद्धका विभिन्न उपदेशहरु सिक्न सकिन्छ । हेर्नुहोस् यस्तो थियो यो सिरियल –

२) तथागत बुद्ध– धर्मपथ क्रियशनले सन् २००७ सालमा निर्माण गरेको यो चलचित्र पनि बुद्धका बारेमा ज्ञान दिने अर्को चलचित्र हो । यो चलचित्रमा सुनिल शर्मा, कौसा रच, पार्वती मेल्टन लगायतले अभिनय गरेका छन् । चलचित्र हेर्नुहोस्–

३) लेजेन्ड अफ बुद्ध–सन् २०१७ मा तयार पारिएको यो एनिमेटेड चलचित्रमा पनि बुद्धका जीवनकथालाई प्रस्तुत गरिएको छ । यो चलचित्र बालबालिकालाई बढी मनपर्न सक्छ । हेर्नुहोस् चलचित्र–

४) भारत वर्ष एपिसोड १– एबिपि न्यूजले सुरु गरेको भारतवर्ष नामक कार्यक्रममा पहिलो भागमा नै सिदार्थ गौतम बुद्धको जीवनीका बारेमा सामग्री प्रस्तुत गरेको थियो । हेर्नुहोस् पुरा सामग्री–

५) चक्रवर्तिन अशोका सम्राट– कलर्स टेलिभिजनले सन् २०१५ मा प्रसारण गरेको टेलिसिरिएल चक्रवर्तिन अशोका सम्राटमा बुद्ध नेपालमा जन्मिएको प्रमाणित गर्ने राजा अशोकका बारेमा र बुद्धका कारण परिवर्तन भएको उनको कथाको वर्णन गर्छ । निकै नै रुचाइएको यो सिरियलमा पछि लेखक फेरिएपछि भने अन्तिम समयमा बुद्धका सबै दर्शनलाई राम्ररी देखाइएको छैन । तर बुद्धको प्रभावका बारेमा भने चर्चा गरिएको छ । हेर्नुहोस् सिरियल–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*