प्रदेश नम्बर ३ एकता समाजमा मकवानपुरका किशोर ब्लोन

१६ बैशाख २०७५, आईतवार १४:२३

दक्षिण कोरिया, १६ बैशाख । ‘प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरिया’को प्रथम अधिवेशन दक्षिण कोरियामा सम्पन्न भएको छ । कोरियामा रहेका प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्ला मध्ये क्रियाशिल ९ जिल्ला समितिको समान प्रतिनिधित्वमा ‘देश विकासमा हाम्रो योगदान, एकताको शुत्रमा समृद्धिको उठान’ भन्ने मुल नारासहित पहिलो अधिवेशन भएको हो ।

अधिवेशनले मकवानपुरका किशोर ब्लोन ‘नियोग’ अध्यक्ष रहने गरी १५ सदस्यीय कार्य समिति चयन गरेको छ । अध्यक्षमा निर्विरोध चयन भएका ब्लोन मकवानपुर कोरिया मञ्चका कार्यवाहक अध्यक्ष तथा अनलाईन मिडिया वन डटकमका प्रकाशक र सम्पादक पनि हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा नुवाकोटका यदु गिरि, उपाध्यक्षमा भक्तपुरका रमेश गिरि, दोलखाका सरोज केसी र धादिङका सन्तोष अधिकारी चयन भएका छन् ।

त्यस्तै महासचिवमा काभ्रेका राजेन्द्र दुलाल, सचिवमा नवीन श्रेष्ठ, बिजय अर्याल र रवि प्रताप घिसिङ तथा कोषाध्यक्षमा ज्ञानु चौहान तथा सहकोषाध्यक्षमा बुद्ध लामा चयन भएका छन् । समितिका सदस्यहरुमा संजय खत्री, उत्तम खनाल, सुन्दर प्रसाद अधिकारी, कुश राई र राम पोखरेल रहेका छन् ।

समितिमा थप अन्य सदस्य समेत पछि मनोनित गरिने अध्यक्ष ब्लोनले जानकारी दिएका छन् । अध्यक्षमा चयन भएसँगै अध्यक्ष ब्लोनले नेपालमा लगानी मैत्री वातावरणको विकास गर्न पहल गर्ने बताएका छन् । प्रदेश नम्बर ३ का १३ वटै जिल्लाका जनप्रतिनिधिसँग सहकार्य गरी नेपालमा शिक्षा, स्वास्थ्य, बैँक तथा प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुका साथै सहयोगका कार्यक्रमहरु समेत गर्ने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*