‘भैरे’को रोचक फस्टलुक सार्वजनिक

१६ बैशाख २०७५, आईतवार ०८:२३

काठमाडौँ, १६ बैशाख । नेपाली चलचित्र ‘भैरे’ को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ, बर्षा सिवाकोटी, विक्रान्त बस्नेत, अनुभव रेग्मी लगायतलाई समावेश गरिएको छ ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीले लगानी गरेका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रेहेको चलचित्र नेपालय सिनेमा इन्टरनेशनलद्धारा निर्माण भएको हो ।

तस्बिर–‘भैरे’ चलचित्रका गीतहरुबाट

चलचित्रका कार्यकारी निर्माता लेखबहादुर पुन हुन् । सूर्य थोकरको एक्सन रहेको चलचित्रमा शिर्ष कलाकारहरु सहित सुनिल थापा, कञ्चन ठकुरी, अंकित पौडेल, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ ।

तस्बिर–‘भैरे’ चलचित्रका गीतहरुबाट

चलचित्र भैरेको यस अघि नै ‘सान्नानीलाई’ र ‘सनम माया लाको’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

तस्बिर–‘भैरे’ चलचित्रका गीतहरुबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*