नायिका जसितापछि परमितासँग रोमान्स गर्ने तयारीमा नायक प्रदिप खड्का

१६ बैशाख २०७५, आईतवार ०८:२०

काठमाडौँ, १६ बैशाख । फरक चलचित्रमा फरक–फरक नायिकासँग स्क्रिन शेयर गरेका नायक प्रदिप खड्काले पूनः नयाँ चलचित्रमा नयाँ नायिकासँग रोमान्स गर्ने तयारी गरेका छन् । यस अघि नायिका पूजा शर्मा, अश्लेषा ठकुरी र जसिता गुरुङसँग पर्दामा रोमान्स गरिसकेका चलकेटी नायक प्रदिपले नयाँ चलचित्र ‘रोजी’ मा नायिका परमिता आर एल राणासँग स्क्रिन शेयर गर्ने भएका छन् ।

लभ स्टोरी चलचित्रमा नै आफूलाई अब्बल बनाइरहेका प्रदिपले यस चलचित्रमा नायिका मिरुना मगरले स्क्रिन शेयर गर्ने कुरा सार्वजनिक भैरहेको थियो । तर, मिरुनाको नाममा नायक खड्काले नै असहमती जनाइरहेको अवस्थामा परमिताको नाम अगाडि आएको हो ।

गोपिकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टका लागि उद्धव पौडेलको प्रस्तुतीमा यो चलचित्र बन्दैछ । केही दिन अगाडि आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ मा यो चलचित्रको पोष्टर सार्वजनिक गरिएको थियो । निरक पौडेलले निर्देशन गर्न लागेको यो चलचित्रमा कर्मा, बरुणा राणा, रविन्द्र खड्का लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । परमिताले यस अघि ‘चपली हाईट २’ मा अभिनय गरेकी थिईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*