यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)

१३ बैशाख २०७५, बिहीबार ०३:३८
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, १३ बैशाख ।
साधारण पहिरनमा पनि खुल्ने सुन्दर मुहार, मुस्कुराउँदा देखिने सेता दन्तलहर अनि आकर्षक जिउडाल र उचाई, मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडाको सुन्दरताको वर्णन जति गरिन्छ त्यो भन्दा बढी उनको बोल्ने कला र स्पष्ट विचारले मान्छेलाई उनीसँग नजिक बनाउँछ ।

मिस नेपाल हुनेबित्तिकै आम मानिसको सोचाई हुन्छ ‘अब मिस नेपालले राम्रो चलचित्रमा डेब्यू गर्नेछिन् अनि उनी मोडलिङमा जम्ने छिन्’, तर मिस नेपाल श्रृङ्खलालाई भने त्यस्तो लाग्दैन । मिस नेपाल प्रतियोगिता नै सुन्दरतासँगै बौद्धिक जाँचको प्रतियोगिता भएको उनी बताउँछिन् । आम मानिसको सोचाई विपरित उनले चलचित्र क्षेत्रमा आफु नआउने समेत बताएकी छिन् । सामाजिक सेवामा सानैदेखि रुचि राख्ने श्रृङ्खलाले गृह जिल्ला मकवानपुरको हेटौँडामा आएर विभिन्न सामाजिक सेवामा समेत आफुलाई सरिक गराएकी छिन् । सामाजिक सेवामै रमाउने उनले आफु चलचित्र क्षेत्रमा लाग्नुभन्दा पनि सामाजिक क्षेत्रमा लाग्ने बताएकी छिन् । मिस नेपाल हुने हरेकको चाहाना जस्तै मिस वल्र्ड हुने उदेश्य बोकेकी श्रङ्खला आफुलाई नायिका नै हुने गरि नाच्न र अभिनय गर्न नआउने बताउँछिन् । ‘ म आर्किटेक्ट हुँ, मेरो प्यासन नै यही हो, त्यसैले म पछि पनि यसैमा लाग्छु, उनी यस्तो बताउँछिन् । आफु दक्ष भएकै पेशामा लाग्ने उनको सोच छ ।

सानैदेखि मिस नेपाल बन्ने अज्ञात सपना मनमा पालेर हुर्किएकी उनको सपना साँच्चै साकार भएको छ । आमासँग सानैमा हात समातेर हिँडेको समयमा ‘कस्ती मिस नेपाल जस्ती राम्री छोरी’ भन्ने शब्द सुन्दै आएकी उनीलाई साथीहरु र आफन्तहरुले समेत मिस नेपाल प्रतियोगितामा सहभागी हुन सहयोग पुराएको उनी सम्झन्छिन् । ब्याचलर सक्किने बित्तिकै मिस नेपालको तयारीमा लागेकी उनले आमासँग जिस्किएर मिस नेपालमा जान्छु भन्ने गरेको समेत बताईन् । आमाबुवाले जिस्कीएको मानेता पनि उनी अन्ततः मिस नेपालमा जाने कुरामा आमाबुवालाई समेत मनाउन सफल भईन् । मिस नेपाल भनेको ग्लामर फिल्डमात्र नभई समाजको रोल मोडल बन्ने फिल्ड समेत हो भनेर आमाबुवालाई राजी गराउन सफल उनले अन्तत मिस नेपालको ताज पहिरीन सफल भईन् ।

मिस वल्र्डको लागि नेपालको कुन सामाजिक कुरालाई उठाउनु उचित होला भन्ने सोचका साथ तयारीमा जुटेकी उनी मिस नेपाल भएपछि आफ्नो पावर भनेकै आफ्नो भोइस भएको बताउँछिन् । आवाजकै माध्यमबाट परिवर्तन समेत हुने उनमा विश्वास छ । राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्किएकी श्रृङ्खलाको भनाईहरु सुन्दा उनी राजनीतिमा पनि दख्खल राख्न सक्ने नारी भएको पत्ता लाग्छ । अहिलेसम्म मिस नेपाललाई नेपाल सरकारले खासै सहयोग गर्न नसकेको बताउँछिन् । मिस नेपाललाई देशभरिका महिलाको प्रतिनिधिका रुपमा देशको झण्डासहित मिस वल्र्डको स्टेजमा उतारिने भएकोले मिस नेपाललाई नेपालले नेपालको गहनाको रुपमा लिनुपर्ने उनको विचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*