बलिउड अभिनेता सञ्जय दत्तको रहस्यमयी जीवन पर्दामा, नम्बर १ मा ‘सञ्जु’ को टिजर

१२ बैशाख २०७५, बुधबार ०६:१६
Featured Video Play Icon

हेटौँडा, १२ बैशाख । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जु’ को टिजर सार्वजनिक भएको छ । फक्स स्टार हिन्दीमार्फत युट्युबमा सार्वजनिक भएको टिजर सार्वजकि भएको १ दिनमै नम्बर १ ट्रेण्डिङमा परेको छ ।

चलचित्रमा सञ्जय दत्तको बहु व्यक्तित्वका विभिन्न अवस्थाका रुपमा चर्चित अभिनेता रणबुर कपुरलाई लिइएको छ । उनको अभिनय र जिउडाल सञ्जय दत्तकै जस्तो हुबहु देखिएको छ । एउटै व्यक्ति भएर पनि विभिन्न जीन्दगी जिएका अभिनेता सञ्जय दत्तका जीन्दगीमा अँध्यारा पाटाहरुसहित उनको संघर्षलाई समेत चलचित्रमा उतारिएको छ । यो समाचार तयार पार्दासम्म यो टिजरलाई १ करोड ६९ लाख ७७ हजार २ सय ९९ पटकभन्दा बढी हेरिएको छ ।

चलचित्रमा रणविर कपुरसँगै परेश रावल, मनिषा कोईराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, बोमन इरानी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*