नेपालमा चर्चित ‘ऐश्वर्य’ दुबईमा च्यारिटी शो हुने

९ बैशाख २०७५, आईतवार ०८:२१

यूएई, ९ बैशाख । नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् ।

एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनः एक दिवसीय आकस्मिक प्राथमिक उपचार तालिमको सहयोग गर्ने उदेश्य सहित चलचित्रको प्रदर्शन हुन लागेको हो । तालिमका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले मानव जीवनरक्षाका एकदमै उपयोगी तालिम भएका कारण समाजसेवा कार्यक्रम अन्तर्गत यो कार्यक्रमलाई निरन्तरता दिन चलचित्रको प्रदर्शन गरि सहयोग संकलन गर्न लागेको बताएका छन् ।

चलचित्र ऐश्वर्यको ट्रेलरबाट लिइएका तस्बिरहरु

यूएईमा स्थानीय पर्व इदको समय पारेर जुन १५ र १६ मा ‘ऐश्वर्यु’ प्रदर्शन गरिने भएको हो । चलचित्रमा दिपिका प्रसाईँ, रमेश उप्रेती, अर्जुन श्रेष्ठ, केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । उत्कृष्ट प्रस्तुति सहित चर्चित गीत समावेश चलचित्रले नेपालमा निकै नै चर्चा कमाएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*