फेसबुकमा यी कुराहरु हटाई हाल्नुस्, नत्र तपाईलाई खतरा हुनसक्छ

९ बैशाख २०७५, आईतवार ०१:४८

एजेन्सी, ९ बैशाख । फेसबुकमा व्यक्तिगत डाटाहरु समेत लिक हुन थालेपछि यसले जो कोहीको गोप्यतालाई चुनौतिमा पारेको छ । तपाईँले गलफ्रेण्ड–ब्वायफ्रेण्ड वा जीवनसाथीसँग अन्तरङ्ग कुराकानी गर्ने गलत बानी अंगाल्नुभएको छ भने यो झन खतरनाक हुनसक्छ । त्यतिमात्र होईन हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । केही समयअघि मात्र ९ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको थियो । अब सोच्नुस् उनीहरुको फेसबुक डाटामा के–के थियो होला ?

फेसबुक आफैले पनि गोपनियतालाई सुरक्षित पार्नका लागि बलियो तरिकाको सुरुवात गरिसकेको बताउँदै आएको छ तर हामी आफै सचेत भएनौँ भने हाम्रो जीवन नै खतरामा पर्न सक्छ । वर्तमान समयमा फेसबुक प्रयोग नगरि बस्न पनि हामी सक्दैनौँ । उसो भए कसरी गर्ने त फेसबुकको सही र सुरक्षित प्रयोग ? हामीले यहाँ यही कुराहरुलाई प्रस्तुत गरेका छौँ ।

१) क्रेडिट कार्डको बारेमा नराखौँ
फेसबुकमा कुनै पनि हालतमा आफ्नो क्रेडिट कार्डको जानकारी शेयर गर्नु राम्रो हुँदैन । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स् सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स् नदिनु नै राम्रो हुन्छ । भोलि तपाई माथि क्रेडिट कार्डकै लागि सांघातिक हमला पनि हुनसक्छ ।

Source : CompareCards

२) आफ्ना बालबच्चा, किशोरावस्थाका परिवारका सदस्यहरुको फोटो नराखौँ
फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ । यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ ।

३) जन्मदिनलाई लुकाउनुहोस्
धेरै जना प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो जन्मदिन सबैले हेर्न मिल्ने गरी राखेका हुन्छन् । तर तपाईंको जन्मदिन अन्य महत्वपूर्ण स्थानमा र डकुमेन्टमा पनि उल्लेख गरिएको हुन्छ भन्ने कुरालाई नभुलौँ । यसमार्फत तपार्ईंको बैंक अकाउन्ट र व्यक्तिगत पूरा विवरण जस्ता चिजमा सजिलै पहुँच पुर्याउन सकिन्छ ।

Source : Design notes

४) आफु घरमा वा घरबाहिर कहाँ छु भनेर पोष्ट नगरौँ
अधिकांश फेसबुक प्रयोगकर्ताहरुले घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पुर्याउने मौका दिइरहेको हुनसक्छ । आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ ।

५) मोबाईल नम्बर गोप्य राखौँ
फेसबुक प्रयोग गर्ने अधिकांशले मोबाईल नम्बर सबैले देख्न मिल्ने गरि राख्छन् अनि कतिपयले मोबाईल नम्बरबाटै फेसबुक अकाउन्ट पनि चलाउँछन् तर, मोबाइलन नम्बर सबैले देख्न मिल्ने गरी राख्नु राम्रो हुँदैन । यसमार्फत पनि तपाईंको व्यक्तिगत विवरणसम्म पहुँच पुर्याउन सकिन्छ । किनकि मोबाइल नम्बर पनि कयौं महत्वपूर्ण डकुमेन्टहरुमा उल्लेख गरिएको हुन्छ । साथै फोन नम्बरबाट तपाईं कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।

Source : AllTechBuzz


६) बार कोडवाला बोर्डिङ पास शेयर नगरौँ

फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गर्नेहरु पनि छन् । बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ । त्यसैले ध्यान दिऔँ ।

७) रिलेसनसि स्टाटस पनि अपडेट नगरेको राम्रो
यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ ।

८) नचिन्नेलाई साथी नबनाऔँ
फेसबुकमा जो मनलाग्यो त्यसलाई साथी बनाउने कामबाट पनि जोगिनु जरुरी छ । कतिपयले साथीहरुको संख्या धेरै देखाउनका लागि जसलाई पनि फ्रेन्ड रिक्वेस्ट पठाउने र रिक्वेस्ट आएमा एसेप्ट गर्ने गर्दछन् । फेसबुकमा भएको चिनजानको आधारमा विश्वास गर्दा कतिपयले आफ्नो पासवर्ड आदान प्रदान गर्छन् । पछि दुरुपयोग भएको जानकारी पाएपछि प्रहरीकोमा हारगुहार गर्न जान्छन् । त्यतिमात्रै होइन फेसबुकको निकटताले आपराधिक घटना भएका उदाहरण पनि छन् । त्यसैले राम्रोसँग नचिनेका व्यक्तिहरुसँग साथी नबन्दा नै बेस हुन्छ । किनकि तपाईंलाई कसैले व्यक्तिगत स्वार्थ पूर्तिका लागि पनि फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छ । त्यसैले जसलाई मनलाग्यो उसलाई साथी बनाउनु एकदमै खतरा हुन्छ । फेसबुक फ्रेन्ड बनाउने बेला निकै सावधानी अपनाउनु पर्दछ ।

Source : Live Happy Magazine

९) लोकेसन पोष्ट नगरौँ
धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन (स्थान) का बारेमा पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् । यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् ।

१०) फेक एकाउन्ट प्रयोग नगरौँ, अश्लिल च्याट नगरौँ

फेक अकाउन्ट (नक्कली) प्रयोग गर्ने प्रयोगकर्ताहरु समेत फेसबुकमा असंख्य छन् । यसो गर्नु राम्रो होईन, यसले तपाईलाई नकरात्मक बाटोतिर डोराउँछ अनि अपराधकर्ममा हिँडाउने वा फसाउने काम पनि हुनसक्छ । कानुनको कठघरामा समेत तपाईलाई पुराउन सक्छ । त्यसका साथै जीवनसाथी नै किन नहोस् फेसबुकमा अश्लिल कुरा नगरौँ । तपाईको गोप्यता तपाईहरुबिच मात्रै सिमित हुनु जरुरी छ त्यसलाई पब्लिक नबनाउनुस् ।

११) पासवर्ड शेयर नगरौँ
फेसबुकमा एकअर्कालाई आफ्नो पासवर्ड शेयर नगरौँ । यसले धेरैको जीवन बर्वाद गर्नसक्छ । आफु नजिकका साथी, बोईफ्रेण्ड र गलफ्रेण्डसँग त यो पासवर्ड साटासाट गर्नु भनेको आफैलाई जोखिममा पार्नु हो । बरु पासवर्ड लिनुहुन्न भन्ने कुरालाई जीवनसाथी र रिलेशनसीपमा बसेका युवायुवतीले सकरात्मक सोचौँ । जहाँ विश्वास हुन्न त्यहाँ पासवर्ड साटेर पनि विश्वास जगाउन सकिन्न बरु यसले तपाईको जीन्दगीलाई तहसनहस बनाउँछ ।
(अप्रिल २२ सन् २०१८)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*